बुधबार, वैशाख २६, २०८१

लोकसेवा आयोगले आवश्यक ऐन–कानुनको लागी बिज्ञ छान्यो

नेपालखोज २०७६ पुष ९ गते ९:२७

९ पुष, काठमाडौँ । कर्मचारी भर्नाका लागि प्रदेश २ को प्रदेश लोकसेवा आयोगले आवश्यक ऐन–कानुन तथा विज्ञको छनोट प्रक्रिया थालेको छ । ४ कात्तिकमा पूर्णता पाएसँगै पहिलो चरणमा कार्यालय व्यवस्थापनका साथै कर्मचारी भर्नाका लागि आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका तथा आचारसंहिता निर्माणलगायत आवश्यक विज्ञ छनोटमा जुटेको हो ।

प्रदेश निजामती ऐन, नियमावली, निर्देशिकालगायत मस्यौदा तयार भइसकेकोले आयोगलाई चाहिने ऐन–कानुनको मस्यौदा तयार भइसकेको आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले बताउनुभयो । उहाँले लोकसेवा आयोगकै मापदण्डका हिसाबले प्रदेश लोकसेवाले पनि कर्मचारी भर्ना गर्न सक्ने बताउनुभयो ।

प्रदेश सरकार तथा प्रदेश २ मा रहेका स्थानीय तह, प्रदेश प्रहरीलगायतका लागि आवश्यक पर्ने कर्मचारी प्रदेश लोकसेवाले छनोट गर्ने संवैधानिक व्यवस्था रहेको झाको भनाइ छ ।

आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रदेश सरकारलाई आवश्यक कर्मचारी व्यवस्थापनका लागि ओ एन्ड एम गरेर तत्काल प्रदेश लोकसेवा आयोगलाई बुझाउन पत्रचारसमेत गरिसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया