शुक्रबार, चैत १६, २०८०

विराटनगरको रानी भन्सार नाका ठप्प, वैकल्पिक मार्गको व्यवस्था गर्न माग

नेपालखोज २०७६ पुष ९ गते ९:३४

९ पुष, विराटनगर । पुर्वको मुख्य नाका विराटनगरको रानीबाट हुने आयात–निर्यात ठप्प भएको छ । भारततर्फको मीरगञ्ज खोलाको पुल मर्मतसम्भारको काम थालिएपछि आयात–निर्यात ठप्प भएको हो ।

पूर्वका उद्योगी व्यवसायीले सो पुलबाट एकतर्फी आयात निर्यात मात्र भइरहेकाले तत्काल वैकल्पिक मार्गको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन् । उद्योगी व्यसायीले पुल मर्मत गर्ने काम लम्बिँदा एकतर्फी सवारी आवगामन भइ सवारीको लाम लागेकाले उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभाव सृजना हुने थालेको बताएका छन् ।

उद्योगी महेश जाजुले मीरगञ्ज खोलाको पुल मर्मतको नाममा भइरहेको अघोषित नाकाबन्दीले पुर्वका उद्योगी व्यवसायी मारमा परेको बताउनुु भएको छ । उहाँले संघीय सरकारले भारतीय पक्षसंग कुटनीतिक पहल गरी तत्काल वैकल्पिक मार्ग खुलाउन पहल गरिदिन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया