बिहीबार, चैत १५, २०८०

मेडिकल कलेजः सुल्झेन अझै विद्यार्थीहरूको समस्या, शुल्क समायोजन नभएको आरोप

नेपालखोज २०७६ पुष ९ गते ९:४२

९ पुष, काठमाडौँ । आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीहरुको समस्या अझै सुल्झन सकेको छैन् । निजी मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको शूल्क समायोजन गर्ने जनाएको छ ।

तेस्रो र चौथो वर्षको शूल्क समायोजन वा फिर्ता चिकित्सा शिक्षा आयोगले गर्ने कलेज सञ्चालकहरूले जनाएपछि समस्या जस्ताको त्यस्तै रहेको हो । करिब छ महिनादेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले कलेज सञ्चालकहरूले गरेको सो निर्णय आफूहरूलाई मान्य नभएको बताउँदै आएका छन् ।

युनिर्भसल मेडिकल कलेजले विद्यार्थीबाट एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षका लागि त्रिविले लिने परीक्षा शुल्क (रजिस्ट्रेसन) र नेपाल मेडिकल काउन्सिलले लिने रकम गरी जम्मा ३ हजार ५ सय बाहेक अन्य रकम फिर्ता गरेको विद्यार्थीले बताएका छन् ।

गण्डकी मेडिकल कलेजले एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षका लागि त्रिविले लिने परीक्षा शुल्क (रजिस्ट्रेसन) र नेपाल मेडिकल काउन्सिलले लिने रकमबाहेक अन्य रकम फिर्ता गर्ने वा समायोजन गर्ने विद्यार्थीहरूसँग सम्झौता गरे पनि त्यसअनुसार कलेजले शुल्क समायोजन नगरेको विद्यार्थीले बताएका छन् ।

प्रतिक्रिया