शनिबार, वैशाख १५, २०८१

वायु सेवा निगमः हवाई सम्झौता ३९, उडान सेवा ८ मात्रै

नेपालखोज २०७६ पुष ९ गते १०:३६

९ पुष, काठमाडौँ । नेपाल सरकारले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । यति देशसँग हवाइ उडानका लागि सम्झौता गरेपनि अहिले ८ वटा देशमा मात्र उडान सेवा भइरेको छ ।

अझै ३१ देशमा हवाइ उडान भर्न नसकिएको नेपाल वायु सेवा निगमले जनाएको छ । यसरी उडान सम्झौता भएका देशमा हवाई यातायात नपुग्दा स्वदेशी विदेशी यात्रुलाई मार परिरहेको छ । नेपाल वायु सेवा निगमले हाल भारतको नयाँ दिल्ली, बैङ्गलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । अन्य देशसँग भने हवाई सम्झौता मात्र भएको छ ।

यस्तै, सरकारले रुस तथा युरोपेली देशमा हवाई उडान भर्ने योजना अघि सारेको छ । तर, अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ) र युरोपेली युनियन (इयू)ले नेपाली आकाशलाई कालो सूचीमा राखेका कारण यो सफल हुन सकेको छैन् । उडान विस्तारभन्दा आइकाओ र इयूको मापदण्ड पूरा गरी नेपाललाई कालोसूचीबाट बाहिर निकाल्नु आवश्यक रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया