बिहीबार, चैत १५, २०८०

नर्सिङ संघ निर्वाचनमा राई नेतृत्वको प्यानल विजयी

नेपालखोज २०७६ पुष १० गते ८:५४

१० पुष, काठमाडौं । नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ ।

बुधबार काठमाडौं सम्पन्न भएको संघको निर्वाचनमा दुई हजार १ सय २० मत खसेको मा राईले १ हजार २ सय मत प्राप्त गरेर विजयी बनेकी हुन््। । प्रतिद्धन्दी संयुक्त पेशागत प्यानलकी प्राध्यापक मुनाराना थापाले ८ सय मत प्राप्त गरेकी छिन् ।

दुवै अध्यक्षका उम्मेदवार महाराजगंग नर्सिङ क्याम्पसका प्राध्यापक हुन् । प्रा राई गतवर्ष सेवा निवृत्त भएकी थिइन् । नतिजाको औपचारिक घोषणा भने (भोली) शुक्रबार दिउँसो २ बजे हुने निर्वाचन समितिले जनाएको छ ।

बुधबार देशभरका २१ मतदान केन्द्रमा भएको निर्वाचनमा धरान, विराटनगर, वीरगंज र लमजुङ पेशागत प्यानलले जितेको छ भने बाँकी स्थानमा प्रगतिशील प्यानलले जित हासिल गरेको बताइएको छ ।

प्रतिक्रिया