शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै, विवाद कायमै

नेपालखोज २०७६ पुष ११ गते १०:१६

११ पुष, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो ।

यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो । गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटकपटक बहिस्कार गरेपछि बैठक बस्न सकेको थिएन् । बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गर्नु भएका विभागहरु, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवम् नेविसंघको तदर्थ समिति गठन लगायतका विषयमा पौडेल पक्षको असहमति छ ।

पौडेल पक्षले अब सिधै १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने र सोही प्रस्ताव सभापतिले बैठकमा ल्याउनुपर्ने भन्दै बैठक बहिस्कार गर्दै आएको छ । आजको बैठकमा पनि पौडेल पक्षले आफ्ना पुरानै मागहरु दोहोर्याउने तयारी गरेको छ । तर सभापति देउवा भने अब पेलेरै जाने तयारीमा रहनु भएको उहाँका निकट नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया