मंगलबार, वैशाख ११, २०८१

नेपाली कांग्रेसः संस्थापन पक्ष असन्तुष्ट, १४ औं महाधिवेशन २०७७ को फागुनमा

नेपालखोज २०७६ पुष १२ गते ८:०९

१२ पुष, काठमाडौं । संस्थापनइतर समूहको बहिष्कारका बाबजुद बसेको कांग्रेस केन्द्रीय समिति बैठकले २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले बहुमतको आधारमा १४ औं महाधिवेशन २०७७ सालको फागुनमा ७ मा गर्ने निर्णय गरेको हो । यस्तै केन्द्रीय समितिले तरुण दलको म्याद ६ महिना थप गरेका छ, भने केन्द्रीय विभागको संख्या पनि थप गरेको छ । उता, पौडेल पक्षले भने एक पक्षीयरुपमा गरेका निर्णयले पार्टी कमजोर पार्ने तर्क गरेको छ ।

तर, संस्थापन पक्षले भने असन्तुष्ट समूहको गलत रवैयाका कारण पार्टी कमजोर वनेको आरोप लगाएको छ । मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको वहिष्कारका पटक–पटक स्थगित हुदै आएको थियो ।

कांग्रेस केन्द्रीय समितिले नेविसंघको बारेमा निर्णय लिने अधिकार भने सभापति देउवालाई दिएको छ ।

प्रतिक्रिया