मंगलबार, वैशाख ११, २०८१

अकुपाई टुँडिखेल अभियान अन्तर्गत आज खुल्लामञ्च सिंगारिँदै

नेपालखोज २०७६ पुष १२ गते ८:१८

१२ पुष, काठमाडौँ । अकुपाई टुँडिखेल अभियान अन्तर्गत आज खुल्लामञ्चलाई सिंगाँरिदै छ । टुँडिखेलमा भएको अतिक्रमण रोक्न गत कात्तिक देखि सुरु गरिएको अभियानमा अन्तर्गत टुँडिखेलभित्र रंगिचंगी आकृतिहरु बनाइ रचनात्मक ढंगले विरोध गर्न लागिएको अभियानका संयोजक विजय श्रेष्ठले बताउनुभयो ।

सोसाइटी अफ नेपलिज, आर्किटेक्ससँगको सहकार्यमा कलाकार धन यख्याले खुलापन र वातावरणीय सन्तुलन झल्कने गरी रंगिचंगी आकृतिहरु कोर्दै छन् । यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाइ टुँडिखेल बचाउ अभियान सुरु गरिएको थियो ।

प्रतिक्रिया