मंगलबार, वैशाख ११, २०८१

तमु ल्होसारको दिन सार्वजनिक बिदा दिँदै गण्डकी प्रदेशमा

नेपालखोज २०७६ पुष १२ गते ८:२२

१२ पुष, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा यही पुस १५ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भैतिक पूर्वधार विकास मन्त्रि रामशरण बस्नेतले जानकारी दिनुभयो ।

तमु ल्होसारका अवसरमा गएको वर्ष पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो ।

प्रतिक्रिया