शनिबार, वैशाख १५, २०८१

देशभरको तापक्रम ओरालो लाग्दै, काठमाण्डौको तापक्रम शून्य दशमलव ६ डिग्री

नेपालखोज २०७६ पुष १२ गते ८:२७

१२ पुष, काठमाडौँ । काठमाण्डौको तापक्रम शून्यबाट अझै ओरालो लाग्न थालेको छ । आज बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा मापन गरीएको छ । आज मापन गरिएको तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

गएको बिहीबार काठमाण्डौको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् ।

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया