शुक्रबार, वैशाख ७, २०८१

विदेशी लगानीकर्ताले ३ वर्षमा लगे ८१ अर्ब २८ करोड लाभाशं

नेपालखोज २०७६ पुष १३ गते ७:४४

१३ पुस, काठमाडाैं । नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले विगत ३ वर्षमा आर्जित नाफाबाट ८१ अर्ब २८ करोड रुपैयाँ लाभाशं लगेका छन् ।

आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ मा करीब ९७ वटा कम्पनीले यसरी लाभाशं रकम लैजान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए ।

केन्द्रीय बैंकको तथ्याकंअनुसार यी ३ वर्षमा सबैभन्दा बढी लाभाशं निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको प्यारेन्ट कम्पनी एमएस रेनोल्ड होल्डिङ्सले लगेको छ ।

रेनोल्ड होल्डिङ्सले यस अवधिमा करिब ४४ अर्ब ४० करोड लगिसेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

प्रतिक्रिया