शुक्रबार, वैशाख ७, २०८१

अमेरिकामा विमान दुर्घटना, पाँचजनाको मृत्यु

नेपालखोज २०७६ पुष १३ गते ८:४४

एजेन्सी । अमेरिकाको लुजियानामा विमान दुर्घना हुँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाको लाफायेत्तेमा रहेको वालमार्ट सुपरमार्केट नजिकै विमान दुर्घटना भएको हो ।

विमानमा रहेका एकजना भने जीवित रहन सफल भएका छन् । दुर्घटनाग्रस्त भएर खसेको विमान कारसँग ठोक्किएको थियो । कारका ड्राइभर घाइते भएका छन् । अरु दुईजना पनि घाइते भएका छन् ।

दुर्घटना लगत्तै वालमार्ट सुपरमार्केट खाली गरिएको थियो । मृत्यु हुनेमा एकजना पत्रकार रहेको जनाइएको छ ।

प्रतिक्रिया