शुक्रबार, वैशाख १४, २०८१

सिद्धबाबाकाे थुनछेक बहस सुरू, अदालत बाहिर निषेधाज्ञा

नेपालखोज २०७६ पुष १३ गते १२:२१

१३ पुष, सुनसरी । वलात्कारकाे आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’काे आज थुनछेक बहस हुनेभएको छ ।

आज प्रतिवादीको तर्फबाट अधिवक्ताहरु मोहन कोइराला, रुपेश कोइराला, मोहन पराजुली र सरोज गिरी तथा पीडितको तर्फबाट सरकारी वकिलहरु अनिल रेग्मी, गोकुल निरौला, अनन्त न्यौपाने, नवराज विष्ट, रेणुका राई र रेवती सुवेदीले बहस गर्ने भएका छन् ।

थुनछेक बहसलाई मध्यनजर गर्दै सुनसरी जिल्ला अदालत परिषर बाहिर निषेधाज्ञा जारी गरिएको छ । पक्ष र विपक्षमा सर्मथकहरुको नारा जुलुस र भीड बढ्न सक्ने देखिएकाले अदालत परिषर बाहिरको करिब २० मिटर वरिपरिको क्षेत्रमा प्रवेश निषेध गरिएको छ । सो क्षेत्रमा नाराबाजी र प्रर्दशनलाई बन्देज गरिएको छ ।

थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ ।

प्रतिक्रिया