मंगलबार, वैशाख ४, २०८१

प्रदेश ३ को राजधानी हेटौडा नै तोक्ने नेकपाको निर्णय

नेपालखोज २०७६ पुष १३ गते १२:१९

१३ पुस, काठमाडौं । निकै चर्चा र बहशमा रहेको प्रदेश ३ को नाम र राजधानी तोक्ने विषयमा नेकपाका नेताहरु सहमतमा आएका छन् । नेकपाको आज बसेको सचिवालय वैठकले प्रदेश नं. ३ को नाम बागमती र राजधानी हेटौडामा नै राख्ने निर्णय गरेको हो ।

प्रदेश नं ३ को राजधानी हेटौडाबाट सार्ने विषयमा विगतमा निकै बहश मात्र भएन मुख्य मन्त्री डोरमणि पौडेल र भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको विवादले केशव स्थापितले मन्त्री पदबाट नै हात धुनु परेको थियो । यद्यपी नेकपाको सचिवालयले वैठकले गरेको प्रदेशको नामाकरण बागमती र राजधानी हेटौडामा हुने गरी प्रदेश कमिती तथा प्रदेशसभालाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

विगत दुई वर्षदेखि प्रदेशको नामाकरण र राजधानीको विषयमा नेकपा भित्रै निकै विवाद भएको थियो । जसका कारण प्रदेश ३ को नामाकरण हुन सकेको थिएन । आज बसेको वैठकका अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाले, विष्णु पौडेल, बामेदव गौतम, गृह मन्त्री रामबहादुर थापा, रक्षा मन्त्री ईश्वर पोख्रेलले सहमत जनाएपछि प्रदेश नं. ३ को नामाकरणका लागि नेकपा सहमतिमा पुगेको हो ।

प्रतिक्रिया