शनिबार, वैशाख २९, २०८१

सरकार एक्लैले दुई तिहाई ल्याउने गरि काम गर्छ : दाहाल

नेपालखोज २०७६ पुष १३ गते १६:००

१३ पुस, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदा तीन वर्षमा सरकार र पार्टीले जनताका पक्षमा तीव्र गतिमा काम गर्ने दावी गरेका छन् ।

आईतबार चितवनको ईच्छाकामना गाउँपालिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गठनको दुई वर्ष कानुन बनाउन र छिमेकीसँग सम्बन्ध सुधारमा बितेको बताए । उनले उपनिर्वाचनमा क्षेत्र बढे पनि कल्पाना नगरेका ठाउँ पनि हारेको भन्दै यसबाट शिक्षा लिनु पर्ने बताए ।

यस्तै अध्यक्ष दाहालले स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई जनतासँग एकाकार भइ काम गर्न निर्देशन समेत दिए । लिम्पियाधुरा, कालापानी लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको बताउँदै उनले आफूहरु आफ्नो एक इन्च जमिन कसैलाई नदिने र अरुको नलिने लाइनमा अगाडि बढेको जानकारी दिए । उनले कालापानी क्षेत्रबाट विदेशी सेनालाई हटाउने यो अवसर भएको बताए ।

प्रतिक्रिया