बिहीबार, वैशाख १३, २०८१

आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउँछः अध्यक्ष प्रचण्ड

नेपालखोज २०७६ पुष १३ गते १७:५७

१३ पुष, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नु भएको छ । आवधिक निर्वाचन आउन अझै ३ वर्ष रहेको भन्दै उहाँले सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने बताउनु भयो ।

आज चितवनको ईच्छाकामना गाउँपालिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार गठनको दुई वर्ष कानुन बनाउन र छिमेकीसँग सम्बन्ध सुधारमा बितेको बताउनु भयो । उहाँले उपनिर्वाचनमा क्षेत्र बढे पनि कल्पाना नगरेका ठाउँ पनि हारेको भन्दै यसबाट शिक्षा लिनु पर्ने बताउनु भयो ।

साथै उहाँले अब पार्टीभित्र उत्सहको वातावरण बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको पनि बताउनु भयो । उहाँले स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई जनतासँग एकाकार भइ काम गर्न निर्देशन समेत दिनु भएको छ ।

लिम्पियाधुरा, कालापानी लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको बताउँदै उहाँले आफूहरु आफ्नो एक इन्च जमिन कसैलाई नदिने र अरुको नलिने लाइनमा अगाडि बढेको जानकारी दिनु भयो । उहाँले कालापानी क्षेत्रबाट विदेशी सेनालाई हटाउने यो अबसर भएको बताउनु भएको छ ।

प्रतिक्रिया