शुक्रबार, वैशाख १४, २०८१

काल्पनिक कुराले निजगढमा अवरोध

नेपालखोज २०७६ पुष १४ गते ७:१७

१४ पुस, काठमाडाैं । वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन् । उनले कपोलकल्पित कुरा गरेर यो योजनाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताए ।

विकासको काम गर्दा केही विनाश हुन्छ, उनले भने, अति कम वातावरणीय क्षतिसहित निजगढ बनाउनुपर्छ भन्नेमा सरकार सचेत छ ।

वातावरण संरक्षणमा सरकार निकै गम्भीर रहेको पनि उनले स्पष्ट पारे । जलवायु परिवर्तनबारे विश्वकै ध्यान आकर्षित गर्ने कालापत्थर बैठकदेखि गैँडाको जिरो पोचिङको अवस्थासम्म पु¥याउने काम सरकारकै कारण भएको हो, उनले भने । निजगढमा विमानस्थल निर्माण गर्दा त्यसबाट हुनसक्ने क्षतिपूर्ति गर्न वैकल्पिक व्यवस्था गरेर मात्र अगाडि बढिने पनि उनले बताए ।

याे समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया