बिहीबार, वैशाख १३, २०८१

२ वटा वडा कार्यालयमा आगजनी

नेपालखोज २०७६ पुष १४ गते ११:२१

१४ पुस, नवलपुर । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय र पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालयमा गएराति आगजनी भएको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।

दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । प्रहरीले घटना अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया