शनिबार, वैशाख १५, २०८१

बलात्कार आरोपी सिद्धबाबा ३ लाख धरौटीमा छुट्ने

नेपालखोज २०७६ पुष १४ गते १५:१४

१४ पुस, काठमाडौँ। बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी ३ लाख धरौटीमा छुट्ने भएका छन् । सोमबार न्यायधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । तर उनले त्यो आरोप अस्वीकार गर्दै आएका छन् । गत कात्तिक ४ गते एक महिलाले बलात्कारको उजुरी दिएपछि मंसिर १६ गते प्रहरीले गिरीलाई आईसीयुबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया