बिहीबार, वैशाख ६, २०८१

क्यान्सरका लक्षण र त्यसका रोकथामका उपाय

नेपालखोज २०७६ पुष १५ गते ८:१४

क्यान्सरका लक्षणहरु
. मुखमा कुनै घाउ हुनु वा सुन्निनु

२. घाँटीमा ग्लान आउनु

३. खोक्दा रगत आउनु

. दिसा गर्ने बानीमा परिवर्तन आउनु

. खान मन नलाग्नु र तौल घट्नु

६. समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी राम्रो किसिमले उपचार गर्न मद्दत गर्दछ ।

क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी गर्ने ?

१. सूर्तिजन्य पदार्थको सेवन तथा धूम्रपान नगर्ने । यसो गर्नाले तपाईंलाई क्यान्सर मात्र नभई अन्य विभिन्न रोग लाग्ने जोखिम पनि कम हुन्छ ।

२. सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।

३. प्रशस्त मात्रामा फलफूल र सागसब्जी खाने ।

४.तन्दुरुस्त रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने ।

.स्वस्थकर जीवनशैली अपनाएमा माथिका कारक तत्त्वहरूलाई पन्छाउन सकिन्छ र यसले तपाईंलाई क्यान्सर मात्र नभई अन्य रोगहरू जस्तै स् मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घश्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावनालाई पनि घटाउँछ ।

६. यदि शंकास्पद लक्षण देखिएमा वा साथै तपाईंको परिवारमा कोहीलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस् ।

७. यदि तपाईं आफ्नो कामको सिलसिलामा विकिरण वा औद्योगिक विषाक्त पदार्थहरूको जोखिममा पर्नु हुन्छ भने उपयुक्त सुरक्षाका उपायहरू अपनाउनुहोस् ।

. ल्युकोप्लाकियाको जाँचको लागि आवधिक रूपमा मुखको परीक्षण गराउनुहोस् ।

९. चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस ‘बी’ को खोप लगाउनुहोस् ।

प्रतिक्रिया