बिहीबार, वैशाख १३, २०८१

रसुवामा १ सय २० मेगावाटको जलविद्युत आयोजनाको शिलान्यास

नेपालखोज २०७६ पुष १५ गते २२:०३

रसुवा, १५ पुस । नेपालको आर्थिक मेरुदण्डको महत्वपूर्ण पाटोका रुपमा रहेको जलविद्युत आयोजनाको विकास क्रमश हुँदै गईरहेको समयमा चिनियाँ कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेण्टको लगानीमा नयाँ जलविद्युत आयोजनाको शिलान्यास भएको छ ।

प्रदेश नं. ३ रसुवा जिल्ला स्थित रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्थित स्याफ्रुबेशी रुङामा रसुवा भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास गरिएको हो । १ सय २० मेगावाट क्षमताको सो जलविद्युत आयोजना तीन वर्षभित्र पूरा गरिने लक्ष्य लिइएको छ ।

२० अर्व ३८ करोड ९८ लाख ९४ हजार लगानी रहने उक्त आयोजनामा चिनियाँ कम्पनी सिचुवान हुवानी इनर्जीको ९० प्रतिशत र पूर्वमन्त्री समेत रहेको दिपक खड्काको १० प्रतिशत लगानी रहेको छ ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ व्यहोर्नु परेको तितो यथार्थलाई स्मरण गर्दै पूर्व मन्त्री समेत रहेका दिपक खड्काले १२ वर्ष अघि आफूले अघि सारेको योजनाले सार्थक रुप लिएको बताए । देशको आर्थिक समृद्धिका लागि उर्जाको क्षेत्रमा आफूले हात हाल्ने योजना अनुरुप काम गर्दै आईरहेको भएतापनि सहकार्य गर्ने कम्पनीको अभावले काम गर्न नसक्ने हो कि भन्ने अन्योलताका वीच चिनियाँ लगानीकर्ताको साथ र समर्थनले आजको अवस्थामा आईपुगेको नेता खड्काले बताए ।

२०७० सालमा जलविद्युत आयोजनाको स्वीकृत लिएतापनि पाँच वर्षपछि आएर आयोजना सञ्चालन गर्न पाएकोको गौरवान्ति भएको समेत उनले बताए । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई स्थापित गर्नका लागि यस्ता आयोजनाहरुको महत्वपूर्ण भूमिका हुने उनको दावी थियो ।

प्रतिक्रिया