शुक्रबार, चैत १६, २०८०

स्वार्थ र पद नमिल्दा बीमा कम्पनीको संस्था विमक संघ फुट्यो

नेपालखोज २०७६ पुष १६ गते १२:१६

१६ पुष, काठमाडौं । जीवन बीमा कम्पनीहरु सञ्चालन गरिरहेका साहुजीहरुको मन नमिल्दा साधारण सभा भएको एक महिना नपुग्दै बीमक संघ विभाजित भएको छ । बीमक संघमा पराजित भएका र आफू अनुकूल व्यक्तिहरुले पद नपाएका कारण रुष्ट बनेका सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको नेतृत्वमा नयाँ संस्था खुलेको छ । उनीहरुल बीमक संघबाट छुट्टिएर बेग्लै संस्था दर्ता गरेका छन् ।

वीमक संघमा आफू निकट व्यक्तिहरु नपुगेको र आगामी दिनमा संगठित रुपमा गर्न सकिने स्वार्थ पूरा गर्न नपाईने भएपछि पाण्डेको अध्यक्षतामा जीवन विमक संघ नेपाल नाम संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएका हुन् ।

नयाँ स्थापना गरिएको संघको उपाध्यक्षमा मेट लाइफका निर्मल श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफका पोषक पौडेल, कोषाध्यक्षमा रिलायन्स लाइफका प्रविण रमण पराजुली बसेका छन्।

सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका कवि पाठक, रिलायवल लाइफका नारायणबाबु लोहनी, सन नेपाल लाइफका राज कुमार अर्याल, युनियन लाइफका मनोज कुमार लाल कर्ण र ज्योति लाइफका प्रकाश विक्रम खत्री तसर्थ समितिका सदस्य भएका छन् ।

प्रतिक्रिया