शुक्रबार, वैशाख ७, २०८१

यसरी ७ प्रतिशतमा सिमिति हुँदै आर्थिक वृद्धिदर

नेपालखोज २०७६ पुष १६ गते १६:३५

१६ पुस, काठमाडौँ । अर्थविदहरुले चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ७ प्रतिशतमा सीमित हुने बताएका छन् । संसदको अर्थ समितिले बुधबार अर्थतन्त्रको वर्तमान प्रवृत्तिबारे गरेको छलफलमा अर्थविदले सरकारको अहिलेकै बजेट खर्च गर्ने प्रवृत्तिले आर्थिक वृद्धिदरमा सहयोग नगर्ने बताएका हुन् ।

छलफलका क्रममा अधिकांश अर्थविदले ६ महिनामा १० प्रतिशत पुँजीगत खर्चले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन नसक्ने उल्लेख गरेका हुन् । अर्थतन्त्रको मूल संरचनामा परिवर्तन हुन नसकेका कारण सरकार विकास खर्च गर्न असफल भएको विज्ञहरुको भनाइ छ ।
उनीहरुका अनुसार चालू आर्थिक वर्षको वृद्धिदर ६.५ देखि ७ प्रतिशतको बीचमा रहने अनुमान गरिएको छ । अर्थविद डा. महेश्वर दाहालले ६ महिनामा १० प्रतिशत बजेट खर्च गर्ने देशमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन चमत्कार हुनुपर्ने बताए ।

प्रतिक्रिया