बुधबार, वैशाख १२, २०८१

दशरथ रंगशालाबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु

नेपालखोज २०७६ पुष १६ गते १९:१९

१६ पुस, काठमाडौँ । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ गरेको छ । दशरथ रंगशालामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको प्रतिकको रुपमा रहेको दीप प्रज्जवलन गरेर बुधबार भ्रमण वर्ष २०२० को शुभारम्भ गरिन् । शुभारम्भ कार्यक्रममा ‘यति मस्कट’को समेत लन्च गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको उद्धेश्यलाई पुरा गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्ने बताइन् । विश्व शान्ति र भातृत्वको सम्वन्ध विस्तार गर्न पर्यटक उद्योगमार्फत मुलुकको समृद्धि पुरा हुने उनको भनाई छ ।

शुभारम्भ कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल घुमेर जिन्दगीभर पुग्ने मिठो अनुभव बटुल्न विश्वसमुदायलाई आग्रह गरे । कार्यक्रममा नेपालको संस्कृति झल्कने नाचगान, विभिन्न संघ संस्थाले र्याली समेत निकालेका थिए ।

प्रतिक्रिया