बिहीबार, चैत १५, २०८०

नेकपा सचिवालय बैठक अपराह्न ४ बजे बस्दै

नेपालखोज २०७६ पुष १७ गते १४:३६

१७ पुस, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकमा रिक्त सभामुखको पद र राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बलात्कारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उक्त पद खाली छ । सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद रहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटक—पटक छलफल भए पनि सभामुख कसलाई बनाउने भन्ने अहिलेसम्म सहमति हुन सकेको छैन ।

यता निर्वाचन आयोगले भने राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ । निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ । राष्ट्रिय सभाकालागि नेकपाबाट बनाइने उम्मेद्वारको समेत आजको बैठकमा टुङगो लगाउने प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया