शुक्रबार, वैशाख ७, २०८१

एपीएफको पहिलो जित

नेपालखोज २०७६ पुष १७ गते २१:२८
१७ पुष, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपीएफ क्लबले पहिलो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २-१ ले पराजित गर्दै जित दर्ता गराएको हो ।
एपीएफका आशिष लामालले खेलको ६३ औँ मिनेट र इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गर्दै जित पक्का गरे । लगत्तै विनोद केसीले गोल फर्काएपनि एपीएफले जित हासिल गर्यो ।
यो जितसँगै एपीएफ ४ खेलमा १ जित, १ बराबर र २ हारसँगै ४ अंक जोड्दै ११ औँ स्थानमा उक्लेको छ । अंकविहिन सरस्वती भने पुछारमा रहेको छ ।

Chat Conversation End

प्रतिक्रिया