हिउँदे अधिवेशनबाटै प्रदेश ३ को सदरमुकाम र नामाकरण टुङ्गाउने तयारी
नेपालखोज
२०७६ पुष १८ गते ९:२८
१८ पुष, काठमाडौँ । प्रदेश ३ को सदरमुकाम र नामाकरण २२ गते टुंगो लगाउने तयारी गरिएको छ ।
सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमानै प्रदेशको नाम र स्थायी मुकाम तोक्ने सम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय गरेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिनुभएको छ ।
यसअघि नेकपा सचिवालय बैठकले प्रदेश ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती राख्न निर्देशन दिएको थियो । सत्तारुढ नेकपाभित्रको राजधानी हेटौडा र नाम बागमतिको बिषयमा बिबाद बढेको छ । विवादको कारण स्थायी राजधानी र नामाकरणका लागि गरिने मतदानको मिति टुंगो लाग्न सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया