बिहीबार, वैशाख १३, २०८१

यस वर्ष १ प्रतिशतले धान उत्पादनमा कमी आयो

नेपालखोज २०७६ पुष १८ गते १३:४३

१८ पुष, काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आएको जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारी अनुसार गत वर्षको तुलनामा यस वर्ष १ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।
गत वर्ष नेपालको धान उत्पादन अहिलसम्मकै उच्च थियो । गत वर्ष ५६ लाख १० हजार मेट्रिक टन थियो भने यसपटक ५५ लाख पचासहजार ८७८ मेट्रिकटन धान उत्पादन भएको छ ।

गतवर्षको तुलनामा यस वर्ष १ प्रतिशतले कमी आएको अर्थात विगतको भन्दा ५९ हजार मेट्रिकटन धान कम उत्पादन भएको छ । उत्पादनमा थोरै कमी देखिएपनि विगतको इतिहासको दोस्रो सर्वाधिक उत्पादन वर्षको रुपमा कायम भएको मन्त्रालयले दावी गरेको छ ।

उत्पादकत्वको हिसाबबाट अहिलेसम्म उच्च हुन गएको छ । विगत पाँच वर्षका धान उत्पादन विश्लेषण गर्दा आब २०७२र०७३ को तुलनामा यो उत्पादन करिब २९ प्रतिशतले बढी अर्थात १२ लाख ५१ हजार मेट्रिक टनले बढी हुन गएको मन्त्रालयले जनाएको छ ।

यसैगरि, सोही आर्थिक वर्षको उत्पादकत्वमो तुलनामा चालू आर्थिक वर्षको करिब २१ प्रतिशतले बढेको छ भने गत आर्थिक वर्षको तुलनामा पनि उपत्पादनमा कमी आएपनि उत्पादकत्व बढेको मन्त्रालयले दावी गरेको छ । गत आर्थिक वर्षको तुलनामा धानको उत्पादनमा सामान्य घट्नुमा समयमा रोपाई हुन नसकि केही जमिन बाँझो रहेको, मनसुन ढिलो शुरु भएको, केही स्थानमा किराको प्रकोप तथा बीउका समान्य जस्ता प्रमुख कारणहरु रहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

प्रतिक्रिया