शनिबार, वैशाख १५, २०८१

एटीएम प्रयोगकर्तालाई सुविधा बढ्यो

नेपालखोज २०७६ पुष १८ गते १६:३८

१८ पुस, काठमाडौँ । बैंक एटीएम कार्ड प्रयोगकर्ताकालागि सुविधामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका जारी गर्दै एटिएम प्रयोगकर्ताकालागि सुविधा वृद्धिको व्यवस्था गरेको हो । यस निर्देशिका बमोजिम अब एटीएम कार्ड प्रयोग गरी प्रतिदिन एक लाख रुपैयाँसम्म रकम निकाल्न पाइने छ। राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी एक पटकमा न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था गरेको हो। यसअघि एक पटकमा २० हजार रुपैयाँ गरी प्रतिदिन ६० हजार रुपैयाँमात्र निकाल्न पाइने व्यवस्था रहेको थियो।

गत भदौमा विभिन्न बैंकका एटीएमहरु प्रयोगगरी करोडौँ रुपैयाँ लुटपाट भएपछि केन्द्रिय बैंकले एटीएमबाट निकाल्न पाउने रकमको सीमा घटाएर २० हजार रुपैयाँमा सीमित गरेको थियो।

प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम एक लाखसम्मको कार्ड जारी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्ता कार्डहरुबाट न्यूनतम ५ सयदेखि २५ हजार रुपैयाँसम्म निकाल्न सकिनेछ।

प्रतिक्रिया