शुक्रबार, वैशाख ७, २०८१

फुटपाथमा पार्किङ गर्ने १ सय ३१ सवारीमाथि कारबाही

नेपालखोज २०७६ पुष १९ गते १०:०४

१९ पुष, काठमाडौँ । काठमाडौं उपत्यकाभित्र फुटपाथमा पार्किङ गर्ने १ सय ३१ सवारीसाधनमाथि कारबाही गरिएको छ । पैदलयात्रुका लागि व्यवस्था गरिएको फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई कारबाही गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो उपत्यकामा १ हजार ३ सय ७४ ट्राफिक कारबाही गरिएको थियो । जसमा सबैभन्दा बढी फुटपाथ पार्किङ रहेको छ । यसैगरी, १ सय ५ सवारीसाधनलाई सिसिटिभीमार्फत् निगरानी गरी कारबाही गरिएको थियो ।

त्यत्तिनै सङ्ख्यामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकमाथि गरिएको महाशाखाले जनाएको छ । यस्तै हिजो उपत्यकामा ४० सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा परी १ जनाको मृत्यु र ४९ जना सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया