बिहीबार, वैशाख १३, २०८१

चन्द्रागिरिमा ‘नेवारी खाना महोत्सव’ सम्पन्न

नेपालखोज २०७६ पुष १९ गते २२:५३

१९ पुस काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर चन्द्रागिरिमा ‘नेवारी खाना महोत्सव’ सम्पन्न भएको छ । परिवर्तनशील समाजको आयोजना तथा प्रदेश नंंं.३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आज चन्द्रागिरि नगरपालिकाको थानकोटस्थित कोटघरमा एकदिने महोत्सव सम्पन्न भएको हो ।

स्थानीय कला संस्कृतिको जगेर्ना गर्न र नेवारी खानाको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको परिवर्तनशील समाजका अध्यक्ष लेमन श्रेष्ठले जानकारी दिनुभयो । “खाना महोत्सवमा स्थानीय कलासंस्कृति झल्किने प्रस्तुतिसँगै विभिन्न झाँकीसमेत देखाएका छौँ”, उहाँले भन्नुभयो । महोत्सवमा स्वदेशी तथा विदेशी दुई हजार पर्यटकको उपस्थिति थियो ।

प्रतिक्रिया