आज आइतबार सूर्य देवको पुजा गर्नुहोस । यस्तो छ तपाईको आजको दिन हेर्नुहोस ।
हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।
आज २० पौष २०७६ आइतवार को राशिफल
मेष
आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।
मिथुन
अचल सम्पत्ती हात पर्ने योगछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
सिंह
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।
तुला
मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।
धनु
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला ।
कुम्भ
विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ ।
बृष
स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ । प्रेममा मनमुटाव रहला ।
कर्कट
मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कन्या
व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउला ।
बृश्चिक
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ ।
मकर
कार्य सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भय रहनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।
मीन
आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । उपहार पाइने सम्भावनाछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया