बुधबार, वैशाख १२, २०८१

मौसमः आज र भोली सफा रहने, मंगलबारदेखि पुनः वर्षा र हिमपात

नेपालखोज २०७६ पुष २० गते ८:३९

२० पुष, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुसार आज आइतबार र भोली सोमबार मौसम सफा रहेपनि मंगलबारबाट पुनः मौसम सक्रिय रहने छ ।

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले बुधबारबाट सक्रिय भएको मौसमी प्रणाली कमजोरÞ हुँदै गएको छ । नेपालमा अहिले पहाडी भू–भाग लगायत उच्च हिमाली भु–भागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम खुलेपनि बिहान र बेलुका चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार (आज) आइतबार देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार (भोली) देशको उच्च हिमाली भू–भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया