शनिबार, वैशाख २२, २०८१

नेकपाको सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक र सभामुख चयन बारे छलफल हुने

नेपालखोज २०७६ पुष २० गते ९:०६

२० पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकले पुस २३ का लागि तय भएको नेकपाको केन्द्रीय कमिटी बैठक र सभामुख चयनका बारेमा छलफल गर्ने मुख्य एजेण्डा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सत्तारुढ नेकपाले सभामुखका विषयमा टुंगो लगाउन नसक्दा संसद बैठक निरन्तर सर्दै आएको छ ।

त्यस्तै नेकपाले केन्द्रीय कमिटी पनि सार्ने बुझिएको छ। सभामुख कृष्णबहादुर महरा यौन काण्डमा जेलमा परेपछि लामो समयदेखि प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुखमा उपसभामुख शिवमाया तुम्बाहङ्फेले दाबी गर्दै आएकी छन् भने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कसलाई समामुख बनाउने भन्ने बारेमा निर्णय भएको छैन् ।

दुबै अध्यक्षले आफ्ना पक्षका नेतालाई सभामुख बनाउनु पर्ने अडान राख्दै आएका छन्। ओली पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने प्रचण्ड अग्नीप्रसाद सापकोटालाई अध्यक्ष बनाउने पक्षमा देखिएका छन्।

प्रतिक्रिया