शुक्रबार, वैशाख ७, २०८१

महिला चेम्बर र सनराइज बैंकको आधारभुत लेखा तथा कर निति बारे अभिमुखीकरण सम्पन्न

नेपालखोज २०७६ पुष २० गते १४:३०

२० पुस, दाङ । दाङको घोराहीमा एक दिने आधारभुत लेखा तथा कर निति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत भदौमा नेपाल महिला चेम्बर र सनराइज बैंकबीच भएको ब्यापार साझेदारी सम्झौता अनुरुप बैंकले आधारभुत लेखा तथा कर निति सम्बधी तालिम उपलब्ध गराएको हो ।

तालिम उपलब्ध गराउने सम्बन्धमा नेपाल महिला चेम्बरका केन्द्रिय अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस अघि एक सम्झौता गरेका थिए ।

तालिम समापन सत्रका समय घोराही उपमहानगर चेम्बर अफ कमर्श मातहत घोराही महिला चेम्वर अफ कमर्श गठन गरिएको छ । महिला उद्यमी व्यवसायीहरुको भेलाले सुमिता गिरीको अध्यक्षतामा ९ सदस्यिय समिति गठन गरेको हो ।

घोराही चेम्बर अफ कमर्शका अध्यक्ष मञ्जु वज्राचार्यको अध्यक्षतामा आयोजित कार्यक्रम नेपाल महिला चेम्बर अफ कमर्शकी केन्द्रिय सचिव लिमा अधिकारीको प्रमुख आतिथ्यता तथा सनराइज बैँकको मुख्य कार्यालय काठमान्डौका चार्टर एकाउन्टेन्ट अभिषेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सनराइज बैँक तुलसीपुर शाखाका प्रवन्धक प्रविण अधिकारी, चेम्वर सम्बद्ध ब्यवसायी तथा अन्य उद्यमी व्यवसायीहरुको सहभागिता थियो ।

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिला चेम्वरले व्यवसाय मैत्री वातावारणलाई प्राथमिकता दिएको बताइन् । उनले महिला सशक्तिकरणका सवालमा चेम्वर सधै अगाडी रहेको समेत बताइन् । कार्यक्रममा घोराही चेम्वरका उपाध्यक्ष दुर्लभ केसीले व्यवसायीक काम सुव्यवस्थापनकालागि क्षमता अभिवृद्धि सम्बन्धि काम आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य व्यवसायीहरुले घोराही चेम्वरले नव आगन्तुक र ब्यवसाय गरीरहेका ब्यवसायीहरुलाई लक्षित गरि महत्वपुर्ण कार्यक्रम गरेको भन्दै आगामि दिनमा पनि यस्ता कार्यक्रम गरिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया