बिहीबार, चैत १५, २०८०

जेष्ठ नागरिक विधेयक पारित

नेपालखोज २०७६ पुष २० गते १७:३०

२० पुस, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिले जेष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ को पहिलो संशोधन विधेयक पारित गरेको छ । आइतबार सिंहदरवारमा बसेको समितिको बैठकमा सर्व सम्मतिले संशोधित विधेयक पारित गरेको हो । समितिका सभापति निरुदेवी पालले लामो छलफल पछि पारित विधेयक जेष्ठ नागरिकहरुको भावना अनुरुप रहेको बताइन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिवारबाट पालन पोषण तथा हेरचाहवाट बञ्चित अलपत्र जेष्ठ नागरिकहरुको स्थानीय तहले स्वामित्व लिनुपर्ने विषय विधेयकमा रहे पनि यसमा केन्द्र सरकार पन्छिन नमिल्ने बताए ।

उनले जेष्ठ नागरिकका ज्ञान र सीपलाई अर्को पुस्तालाई हस्तान्तरण हुने गरि ज्ञान हस्तान्तरण केन्द्रको स्थापनामा गरिने समेत बताए । मन्त्री गुरुङले जेष्ठ विधेयकका सम्बन्धमा सरकार गम्भिर रहेको र आवश्यक परे सरोकारवालाहरुको सुझाव समेट्दै थप संशोधन गर्न सकिने पनि बताए ।

प्रतिक्रिया