शुक्रबार, वैशाख १४, २०८१

अष्ट्रेलियाको डढेलोले मानिससँगै पचास करोड पशुपंक्षीलाई खरानी बनायो

नेपालखोज २०७६ पुष २० गते १७:४१

२० पुस, काठमाडौँ । अस्ट्रेलियामा तीन महिनादेखि लागेको डढेलोका करण करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन् । गाइबस्तुसँगै जंगलमा रहेका हजारौं कंगारु तथा अन्य जनावर डढेलोले सखाप बनाएको तथ्य हालै सार्वजनिक भएको छ ।

जसमा कीरा फट्यांग्रा बाहेक चराचुरुङ्गी समेत जोडेर ४९ करोड पशुपंक्षी आगलागीमा परेर मरेको उल्लेख छ । अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कयैन बस्तीहरु आगलागीका कारण सखाप भएका छन् । अहिले डढेलो र धुवाँले अस्ट्रेलियाकै वातावरण बिग्रिएको छ ।

अहिले राजधानी क्यानबेरा, सिड्नी, मेलवर्नजस्ता शहरको हावा निकै प्रदुषित रहेको विशेषज्ञहरुले बताएका छन् । डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ । आगलागीकै कारण अहिलेसम्म २३ जनाको मृत्यु भइ सकेको र दुई हजार ६ सय घरहरु नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया