बिहीबार, वैशाख १३, २०८१

इस्लामिक स्टेटका लडाकु नेपाल हुँदै भारत

नेपालखोज २०७६ पुष २० गते १७:५५

२० पुस, काठमाडौँ । भारतीय गुप्तचर संस्थाले नेपाल हुँदै ५ जना इस्लामिक स्टेटका लडाकु भारत प्रवेश गरेको दाबी गरेका छन् ।
भारतीय समाचार माध्यमले त्यहाँका खुफिया एजेन्सीलाई उदृत गर्दै नेपालबाट ५ जना आईएस लडाकु भारत प्रवेश गरेको जनाएका छन् ।

खुफिया संस्थाले नेपालबाट आईएस सदस्य प्रवेश गरेको चेतावनी दिएपछि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
भारतीय खुफिया संस्थाले आईएसबाट तालिमप्राप्त ५ जना व्यक्ति नेपाल हुँदै भारत प्रवेश गरेको भन्दै चेतावनी दिएका हुन् ।

उक्त चेतावनीपछि सीमावर्ती भारतीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बस्ती, गोरखपुर, सिद्धार्थनगर, कुशिनगर, महाराजगंजसहितका सीमावर्ती जिल्लामा उच्च सतर्कता अपनाइएको हो । हाल पाँचै जना उत्तर प्रदेशमा रहेको जनाइएको छ ।

सन् २०१७ मा ख्वाजालाई चेन्नेइबाट नेशनल इन्भेष्टिगेशन एजेन्सीले पक्राउ गरेको थियो । ख्वाजा आईएसआईएससँग आबद्ध रहेको र दक्षिणी भारतका राज्यमा सक्रिय रहेको बताइएको छ ।

प्रतिक्रिया