शुक्रबार, चैत १६, २०८०

यी खानेकुरा खानाले आँखाको हुन्छ सुरक्षा

नेपालखोज २०७६ पुष २१ गते ६:३९

काठमाडाैँ । आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन् । बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन् । कम्प्युटरमा लगातार बसी रहदा आँखा कमजोर हुने समस्या हुन्छ । निरन्तर मोवाइलमा हेरी रहदा पनि आँखा कमजोर हुन्छ । आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ । तै पनि आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने अंग हो ।

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस ।

पालुंगोको जुस
हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।

गाजरको जुस
आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।

हरियो सागपात
आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर
ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

भिटामिन
शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् ।

सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम
बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

प्रतिक्रिया