बिहीबार, वैशाख १३, २०८१

स्वास्थ्यको लागि फाइदायुक्त लसुन

नेपालखोज २०७६ पुष २२ गते ६:४०

एजेन्सी । लसुन स्वादका लागि मात्र नभएर औषधीको रुपमा समेत उपयुक्त मानिन्छ । लसुन सबै मानिसका लागि उपयोगी हुन्छ। लसुन सेवन पुरुषका लागि अझ लाभदायी हुन्छ भन्ने एक अध्ययनले देखाएको छ।

पुरुषले दैनिक रूपमा बिहानै खाली पेटमा लसुन सेवन गरेको खण्डमा धेरै लाभ लिन सक्छन्। विभिन्न रोगको उपचारमा यसले सहयोग गर्छ। लसुनमा एलिसिनजस्ता थुप्रै पोषणयुक्त तत्व हुन्छन्, जसले थुप्रै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ।

लसुनमा सेलेनियम हुन्छ। जब यो शरीरमा जान्छ, तब यसले पुरुषको प्रजनन शक्ति बढाउने काम गर्छ। यसमा भएको एन्टिब्याक्टेरियल शक्तिले थुप्रै कीटाणुसँग लड्न मद्दत गर्छ।

लसुनमा रहेको प्रोटिनले शरीर स्वस्थ बनाउँछ। यसमा कार्बोहाइड्रेट हुन्छ। जसले शारीरिक कमजोरीलाई हटाउँछ र शरीरलाई शक्ति मिल्छ।

लसुनमा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ। जसले हड्डी बलियो बनाउँछ। यसमा रहेको एलिसिनले फ्याट घटाउन मद्दत गर्छ। जसका कारण तौल नियन्त्रणमा राख्न सकिन्छ। यसमा रहेको फाइबर्सले कब्जियत र पेटको समस्याबाट टाढा राख्छ।

प्रतिक्रिया