शुक्रबार, वैशाख १४, २०८१

छाउगोठ हटाउन सक्रिय सरकार, १० दिनमै हजार भत्काइए

नेपालखोज २०७६ पुष २२ गते ७:२९

२२ पुस, काठमाडाैं । गृह मन्त्रालयले छाउपडी कुरीति नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएको १० दिनभित्र अछाममा झण्डै एक हजार छाउपडी गोठ भत्काइएका छन् ।

अछामका विभिन्न स्थानीय तहका टोलमा रहेका ९ सय ५० भन्दा बढी छाउगोठ जनप्रतिनिधि, प्रहरी, स्थानीय महिला र अगुवाले भत्काएका हुन् ।

मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया