बिहीबार, वैशाख १३, २०८१

धितोपत्र बोर्डमा नव नियुक्त अध्यक्ष ढुंगानाका यस्ता छन् प्राथमिक योजना ! पार्ला त उनको विगतले प्रभाव ?

नेपालखोज २०७६ पुष २२ गते १५:०७

टंककला तिमिल्सेना,
२२ पुस, काठमाडौँ । सोमबार (हिजो) साँझ बसेको मन्त्रिपरिषदको बैठकले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त ग¥यो । मन्त्रिपरिषदको यो नियुक्तीसँगै ढुंगानाले अबका चार वर्षमा धितोपत्र बोर्डलाई कहाँ र कस्तो अवस्थासम्म लैजाने छन् ? यो त आगामि दिनले बताउँला ।

तर, अहिले हामी शेयर बजारमा लगानीकर्ताको मनोबल खस्केको र बजार समग्रमा घटिरहेको बेला ढुङगानाले बजार व्यवस्थापन कसरी गर्लान्  ?  वा भन्नौ उनका प्राथमिक योजना के छन् त त्यस तर्फ चर्चा गरौँ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाका ५ वटा प्राथमिक योजनाहरु

१. पुँजीबजारको (स्ट्याबिलिटी) स्थायित्वको लागि पहल गर्ने ।

२. प्रोफेसनलिज्म बढाउनको लागि आवश्यक कार्य गर्ने ।

३. बजार र बजारसँग सम्बन्धित कम्पनीका संस्थागत सुशासनको स्तरलाई बढाउनकालागि आवश्यक कार्य गर्ने ।

४. आईटी र कानुनी विषयमा सुधार गर्ने ।

५. धितोपत्र बजारको दायरा सानो भएकोले यसलाई फराकिलो बनाउन आवश्यक कार्य गर्ने ।

आफ्ना मुख्य योजनाहरुबारे नेपाल खोजलाई जानकारी दिदै अध्यक्ष ढुंगानाले यसबारे बोर्ड बैठकमा छलफल गर्ने र प्रथमिकताको क्रम मिलाउने बताए । शेयर बजार व्यवस्थापनकालागि अन्य योजनाहरु पनि भएकाले त्यसलाई क्रमिक रुपमा कार्यान्वयनको दिशामा आफु अग्रसर हुने उनको भनाई छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाका विगत

— ढुङगानासँग नेपाल राष्ट्र बैंकमा ३० बर्षे कार्यकालको अनुभव छ ।

— उनले राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका छन् ।

— हाल उनी राष्ट्र बैंकबाट अवकास प्राप्त हुन् ।

— ढुंगानाले विज्ञ सदस्यका रुपमा धितोपत्र बोर्डमा आगमन गरेका थिए । उनी बोर्डको अध्यक्ष हुनु अगाडी बोर्ड मै केहि समय विज्ञ संचालकको रुपमा रहेका थिए ।

अनुभव र यस पहिले बोर्ड बैठकमा रहेका समय गरेको ढुङगानाको कार्य संपादन प्रवृतिका आधारमा उनबाट लगानीकर्ताले ठुलो अपेक्षा र चासो राखेको पाइन्छ । ढुङगानाले शेयरबजारसँग सम्बन्धित यस पहिले रोकिएका नीतिगत र अन्य कामकारबाहीहरु सुचारु गर्ने अपेक्षा लगानीकर्ताहरुको छ ।

प्रतिक्रिया