शुक्रबार, चैत १६, २०८०

प्राविधिक शिक्षाका लागि सहकार्य गर्न विश्वविद्यालय तयार

नेपालखोज २०७६ पुष २२ गते १६:०१

२२ पुष, काठमाण्डौ । नेपाल पत्रकार मञ्चले पत्रकारितासँगै नेपाली युवाहरु लक्षित गरी विदेशी निकायहरुसँगको साझेदारीमा सिप मूलक तालिम पनि प्रदान गर्दै आईरहेको छ । पत्रकार मञ्चले सञ्चालन गरेका सीप मूलक तालिमहरु निकै नै प्रभावकारी भएको भन्दै मञ्चको निमन्त्रणमा नेपालको चार दिने भ्रमणमा आएको नामसोल बिश्व बिधालयको डिन सहितको प्रतिनिधि मण्डलले नेपालमा शैक्षिक र ब्युटिसिएनको क्षेत्रमा सहकार्य गर्ने जनाएको छ ।

पछिल्लो समय प्राविधिक नेपाली जनशक्ति कोरियाले निकै माग गर्दै आईरहेको अवस्थमा नेपालको प्राविधिक शिक्षालाई प्रर्वद्धनका लागि साझेदारी साझेदारी गर्ने विषयमा दक्षिण कोरियाको नामसोल विश्वविद्यालय तत्पर रहेको बताइएको छ ।

नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाको नामसोल विश्वविद्यालयका डिन डा. येन थेन यूनले नेपालमा ब्यूटीसियन अध्ययन÷अध्यापन गराइरहेका शिक्षक तथा विद्यार्थीहरुबीच गरिएको अन्तरक्रिया नेपाली विद्यार्थीहरुलाई आफूहरु व्यूटिसियन सम्वन्धि शिक्षा प्रदान गर्न तयार रहेको बताए । मञ्चसँगको सहकार्यमा कोरियामा अध्यापन भइरहेको ब्यूटीसियन लगायतका प्राविधिक शिक्षामा इच्छुक नेपाली विद्यार्थीहरुलाई समेत अध्ययन गर्न सहज हुने यूनले बताए ।

‘हामी नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्यापन हुने जुनसुकै प्राविधिक शिक्षामा अध्ययन÷अध्यापन गराउन सक्नेछौं, यदि तपाईहरुले दक्षिण कोरियामा आएर आफ्नो प्राविधिक शिक्षामा व्यवसायिक क्षमता बृद्धि गर्न चाहनुहुन्छ भने अबका दिनमा मञ्चका कारण सहज वातावरण सिर्जना भएको छ ।’ डिनको भनाई थियो ।

आफूहरुले नेपालमा भएका व्यवसायिक शिक्षाका उपलब्धीहरुबाट सिक्न चाहेको र दक्षिण कोरियामा अध्यापन हुने कुनै पनि व्यवसायिक शिक्षाका बारेमा नेपालसँग सहकार्य गर्न इच्छुक भएको समेत कार्यक्रममा यूनले बताए ।

सोही कार्यक्रममा नामसोल विश्वविद्यालयका इन्टरनेशनल एण्ड एक्सटर्नल कोअपरेशन अफेयर्शका व्यवस्थापक चोइ यून जुनले दक्षिण कोरिया नेपालको शैक्षिक विकासका निम्ति जनस्तरमा समेत सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको बताए ।
सोही कार्यक्रममा विश्वविद्यालयकी सहायक प्राध्यापक डा.सिर्जना थापाले नेपालको शैक्षिक विकासका निम्ति दक्षिण कोरियाको नामसोल विश्वविद्यालयले सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेकाले यसलाई नेपाली विद्यार्थीहरुले सदुपयोग गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया