शनिबार, वैशाख ८, २०८१

एमसीसी जवाफदेही र पारदर्शी : अमेरिका

नेपालखोज २०७६ पुष २३ गते ६:४७

२३ पुस, काठमाडाैं । अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला अमेरिकाले परियोजना नेपालको हितमा रहेको बताएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो देशका तर्फबाट नेपालमा हुने कुनै पनि कार्यक्रम जवाफदेही, पारदर्शी तथा पारस्परिक समृद्धिको सिद्धान्तमा आधारित हुने जनाएको हो ।

‘हामीले गर्ने कुनै पनि प्रकारका विकास वा अनुदानका कार्यक्रम सधैँ पारदर्शी र जवाफदेहितालाई महत्व दिन्छौं,’ मंगलबार ट्विट गर्दै नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले लेखेका छन् ।

एसीसी परियोजनाबाट बन्ने विद्युत् प्रशारणलाइन र सबस्टेसन छुने विभिन्न १० जिल्लाका ३० गाउँपालिका, नगरपालिकामा सार्वजनिक कार्यक्रम सम्पन्न भएको दूतावासले प्रस्ट्याएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रतिक्रिया