बिहीबार, चैत १५, २०८०

भैरहवा विमानस्थलबारे थप छलफल गर्न म्युनिख विमानस्थलको टोली आउँदै

नेपालखोज २०७६ पुष २३ गते ७:१८

२३ पुस, भैरहवा । भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सञ्चालनको विषयमा छलफल गर्न जर्मनीको म्युनिख विमानस्थलको टोली १ महीनाभित्रै नेपाल आउने भएको छ ।

जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणलाई गत असारमै औपचारिक प्रस्ताव पठाएको थियो ।

कम्पनीले राखेको प्रस्तावको विषयमा अध्ययन गर्न सरकारले गठन गरेको विमानस्थल सञ्चालन सिफारिश कार्यदलको सुझावका आधारमा म्युनिखलाई दोस्रोपटक छलफलका लागि बोलाइएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया