बिहीबार, चैत १५, २०८०

मजदुर युनियनद्वारा आज भारत बन्दको घोषणा

नेपालखोज २०७६ पुष २३ गते ८:३७

एजेन्सी । केन्द्र सरकारको श्रमिक विरोधी नीतिको विरुद्धमा (आज) बुधबार भारतका मजदुर युनियनहरुले देशव्यापी बन्दको घोषणा गरेका छन् । दाबी गरिए अनुसार हडतालमा करिब २५ देखि २८ करोड मानिस सामेल हुनेछन् ।

मजदुर युनियनले आरोप लगाएअनुसार श्रम कानुनलाई बदलेर सरकारले अधिकारको हनन् गर्नुका साथै लेबर कोडको नाममा मौजुदा व्यवस्थालाई पुरै खतम गर्न लागेको छ ।

ट्रेड युनियनको मागमा बेरोजगारी, न्यूनतम मजदूरी तय गर्नुपर्ने र सामाजिक सुरक्षा हुनुपर्नेलगायत छन् । न्यूनतम मजदुरी २१ हजार रुपैयाँ प्रतिमहिना तय गर्नुपर्ने समेत उनीहरुले माग गरेका छन् । (बीबीसी)

प्रतिक्रिया