शुक्रबार, वैशाख १४, २०८१

भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित

नेपालखोज २०७६ पुष २४ गते ९:१६

२४ पुस, काठमाडौँ । वर्षा र हिमपातका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । बिहीबार बिहान ओखलढुङ्गाको रुम्जाटार र भोजपुर विमानस्थलको उडान प्रभावित भएका छन् । भिजिविलिटी कम हुँदा लुक्ला, पोखरा, विराटनगरलगायतका विमानस्थलमा विमानले उडान भर्न सकेका छैनन् ।

यस्तै माउन्टेन एयरले पनि उडान भरेको छ तर अरु उडान भने हुन सकेको छैन् । मौसम खुले लगत्तै उडान थाल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

बिहानैदेखि देशका विभिन्न ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । देशका कतिपय ठाउँमा भने वर्षा र हिमपात भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभरिकै मौसम यस्तै रहने महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया