शुक्रबार, चैत १६, २०८०

चौधरी ग्रूपको पशुपति बिस्कुट उद्योगमा आगलागी

नेपालखोज २०७६ पुष २४ गते १०:५४

२४ पुष, विराटनगर । सुनसरीको दुहबीस्थित चौधरी ग्रूपको पशुपति बिस्कुट उद्योगमा आगलागी भएको छ । मंगलवार राति ८ बजे उद्योगमा लागेको आगलागीबाट लाखौंको क्षति भएको उद्योगका सञ्चालकहरूले बताएका छन् ।

आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट ९ ओटा वारुणयन्त्र पुगेका थिए ।

आगलागी नियन्त्रणका लागि स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत खटिएका थिए । उद्योग सञ्चालकले लाखौंको क्षति भएको बताए पनि प्रहरीले भने क्षतिको पूर्ण विवरण आइनसकेको बताएको छ । उद्योगमा केमिकलबाट आगलागी शुरू भएको बताइएको छ ।

यद्यपि प्राविधिसहितको टोलीले घटनाको विषयमा अनुसन्धान गरिरहेकाले आलगालीको वास्तविक कारण उक्त टोलीको प्रतिवेदनपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ छ । पशुपति उद्योगले नयाँ प्रविधिबाट विभिन्न स्वादका बिस्कुट तथा कुकिज उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया