शुक्रबार, वैशाख ७, २०८१

समयसीमाभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरिनेछः यातायातमन्त्री नेम्वाङ

नेपालखोज २०७६ पुष २४ गते ११:३०

२४ पुष, फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् । उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामीदिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ । ”

(आज) बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता जानकारी दिए । “ ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख गर्दै मन्त्री नेम्वाङले भने,“समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधानका मन्त्रालयको विशेष ध्यान दिएको छ । ”

नेम्वाङ पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा यहाँ आउए हुन् ।

प्रतिक्रिया