शनिबार, वैशाख १५, २०८१

भ्रमण वर्षमा पर्यटक बढाउन भिजिटिङ्ग कार्ड अभियानमा सांसद गौतम

नेपालखोज २०७६ पुष २४ गते १८:४०

२४ पुस, काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० मनाईरहँदा फरक फरक किसिमले प्रचार प्रसार गरिँदै आईरहेको देखिन्छ । तर पर्यटन क्षेत्रका लागि महत्वपूर्ण जिल्लाका रुपमा रहेको बर्दियामा पर्यटन प्रर्वद्धन गर्नका लागि पूर्व सिंचाई मन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता एव सांसद सञ्जयकुमार गौतमले ‘भिजिटिङ कार्ड’ मार्फत भ्रमण वर्षका लागि पर्यटन प्रर्वद्धन गर्ने कार्यको अभियान थालेका छन् ।

बर्दिया जिल्लामा बामदेव गौतमलाई पराजित गरेर नेपाली कांग्रेसको साख जोगाएका गौतमले बर्दियाको चिनारी झल्कने चित्र सहित भिजिटिङ्ग कार्ड वितरण गर्न थालेका छन् कार्डले सो क्षेत्रको बारेमा क्षेत्रको बारेमा धेरै नै जानकारी दिने छ ।

गौतमले आफ्नो भिजिटिङ कार्डमा बर्दियामा पर्यटक आकर्षित हुने बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने बाघ, एक सिंगे गैडा र कर्णाली पुल लगायतका तस्बिरहरु समावेश गरेका छन् । सरकारले भ्रमण वर्ष मनाइरहेको बेलामा आफ्नो गृह जिल्लामा पर्यटकहरुको आगमन वढाउनका लागि आफूले यो सानो कामको थालनी गरेको गौतमले बताए ।

प्रतिक्रिया